ओखलढुङ्गा कांग्रेसद्वारा रामहरि खतिवडाको नाम शीर्ष स्थानमा राखेर निर्णय
ओखलढुङ्गा । नेपाली कांग्रेस, ओखलढुङ्गाले केन्द्रीय सदस्य रामहरि खतिवडाको नाम प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस गरेको छ ।
ओखलढुङ्गामा मंसिर २३ र २४ गते बसेको जिल्ला कार्यसमिति बैठकले खतिवडाको नाम प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको सभापति तेजेन्द्र खनालले बताएका छन् । प्रत्यक्षतर्फ अन्य नेताहरूले पनि रुची राखेपछि उनीहरूको नाम पनि सिफारिस गरिएको छ ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेतृ गोमा के.सी., नेताहरू बालकृष्ण दाहाल, खिलानाथ दाहाल, कुमार लुईंटेल र रुद्र अधिकारीको पनि नाम सिफारिस भएको छ ।
प्रतिनिधिसभा समानुपातिकतर्फ संगीता तामाङ, सविता राई र बाला अधिकारी नाम सिफारिस भएको ओखलढुङ्गा कांग्रेसले जनाएको छ ।
ओखलढुङ्गा कांग्रेसले राष्ट्रिय सभातर्फ हेमालक्ष्मी राई, मैया राई, निर्मलादेवी रोका, जयबहादुर श्रेष्ठ, सीताराम श्रेष्ठ, चन्द्रबहादुर श्रेष्ठ, टीकराम कार्कीको नाम सिफारिस गरेको छ ।
राष्ट्रिय सभाको दलिततर्फ मीनबहादुर विश्वकर्मा, युवराज गजमेर, सुन्तला अधिकारी परियार र चन्द्रबहादुर नेपालीको नाम सिफारिस गरिएको छ ।
ओखलढुङ्गाका एक जिल्ला नेताका अनुसार रहर गर्ने सबैको नेताहरूको नाम उम्मेदवारमा राखेर सिफारिस भएको बताए । उनले भने, ‘वर्तमान परिस्थितिमा ओखलढुङ्गाबाट प्रत्यक्ष चुनाव लड्न सक्षम नेता रामहरि खतिवडा नै हुनुहुन्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया