डडेल्धुराबाट काठमाडौं जाँदै गरेको बस देउखुरीमा दुर्घटना, २२ यात्रु घाइते

लमही । दाङको देउखुरीस्थित पूर्वपश्चिम महेन्द्रराजमार्ग यात्रु बस दुर्घटना हुँदा २२ यात्रु सामान्य घाइते भएका छन् ।

बिहीबार बिहान ०३ः०० बजेको समयमा लमही नगरपालिका वडा नं. १ कौडियापुलस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ना ८ ख ७४५५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, दाङद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बस डडेल्धुराबाट काठमाडौंतर्फ जाँदै गरेको थियो । सामान्य घाइतेहरूको लामही अस्पतालमा प्राथमिक उपचारपछि बिहान ०७ः१५ बजे सबै घाइतेहरू डिष्चार्ज भएको प्रहरीले जनाएको छ ।

ड्राईभर साईडको पट्टा एक्कासि भाँच्चिन गई बस पुलबाट खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर प्राप्त हुनसाथ तत्काल उक्त स्थानमा वडा प्रहरी कार्यालय, लमही र अस्थायी प्रहरी पोष्ट, नर्तीबाट प्रहरी टोली खटिएर घाइते यात्रुको उद्धार गरेको थियो । घाइतेहरूलाई तत्काल उपचारका लागि लमही अस्पताल, लमहीमा पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले बस चालक डडेल्धुराको अम्मरगढी नगरपालिका वडा नं. ७ बस्ने वर्ष ३६ को राजेन्द्र कैनीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

बस दुर्घटनामा घाइते हुनेहरूमा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका वर्ष २१ का रिकेश धामी, अजयमेरु गाउँपालिका वडा नं. १ बस्ने वर्ष २७ का नरेश ताम्राकार, अम्मरगढी नगरपालिका वडा नं. ७ पोखरा बस्ने वर्ष ३२ का शिवराज भट्टराई, नवदुर्गा– २ बेतपानी बस्ने वर्ष २८ का खगेन्द्र बि.क., नवदुर्गा– २ बेतपानी बस्ने वर्ष २७ की सञ्जा महर, परशुराम नगरपालिका वडा नं. ५ बस्ने वर्ष २२ का नरेन्द्रप्रसाद भट्टराई, कैलालीको गोदावरी नगरपालिका वडा नं. १० अत्तरिया बस्ने वर्ष ३७ का महेन्द्र ओड रहेका छन् ।

बैतडीको मेलैरी नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३८ को ध्रुब चन्द, डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २२ का बिक्रम धामी, डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ४७ की पार्वती विष्ट, कैलालीको महोलिया गाउँपालिका वडा नं. १ बस्ने वर्ष २१ का टेकबहादुर थापा, डडेल्धुराको नवदुर्गा– २ बस्ने वर्ष १९ का धनबहादुर ऐर, बैतडीको सिँगास गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २५ की एशोधा धामी तथा उनको छोरी वर्ष १ की रीषिका बोहोरा पनि घाइते भएका छन् ।

डडेल्धुराको नवदुर्गा– १ बस्ने वर्ष ४२ का जितेन्द्र बुढा ऐर, अम्मरगढी– ९ बस्ने वर्ष ३१ की देवी साकी, प्यूठानको झिममुरुक गाउँपालिका वडा नं. १ बस्ने वर्ष २७ की कमला गिरी, अम्मरगढी– ९ बस्ने वर्ष ३९ का मोहनसिंह साकी, अम्मरगढी– ९ बस्ने वर्ष ५ का योगेश साकी, अम्मरगढी– ६ बस्ने वर्ष १७ का साजन कैनी, नवदुर्गा– १ बस्ने वर्ष २२ की जुना बुढा र नवदुर्गा– १ बस्ने वर्ष ५२ की भुनुदेवी साउद घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2025 December 11, 9:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया