दाङ– १ मा कांग्रेस केन्द्रीय सदस्य चौधरीसहितका नेताहरूको नाम सिफारिस
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद योगेन्द्र चौधरी दाङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएका छन् ।
मंगलबार देउखुरीको लमहीमा बसेको नेपाली कांग्रेस, दाङ, क्षेत्र नं. १ को बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि केन्द्रीय सदस्य चौधरीसँगै ५ जना नेताहरूको नाम सिफारिस गरेको क्षेत्रीय सभापति भेषराज पाण्डेले बताएका छन् ।
सिफारिस हुनेहरूमा केन्द्रीय सदस्य चौधरी, महासमिति सदस्यद्वय जानकीलाल बस्नेत र कमलकिशोर घिमिरे तथा महाधिवेशन प्रतिनिधि प्रदीपराज शर्माको नाम सिफारिस भएको छ ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ दाङले जेनजी पुस्तालाई समेत समेट्ने गरि लुम्बिनी प्रदेश प्रतिनिधि प्रतीक्षा चौधरीलाई प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्लामा नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभा समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस भएको छ । केन्द्रीय सदस्य एवम् पूर्वसांसद कृष्णकिशोर घिमिरे, पूर्वसांसद सुशीला चौधरी, देवका बेल्बासे, अनुराग यादव, खिमा अधिकारी, मधुप्रसाद न्यौपाने, खड्गबहादुर बि.क., कृष्ण गिरी र पवन नेपालीको नाम उम्मेदवारमा सिफारिस भएको छ ।
राजनीतिक संयोग मान्नुपर्छ नेताद्वय कृष्णकिशोर घिमिरे र कमलकिशोर घिमिरे नातामा दाजु भाइ पर्छन् । कृष्णकिशोर समानुपातिक र कमलकिशोर प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया