अख्तियारमा आयुक्तको एक पद रिक्त, सिलवालको अवकाश
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल अवकाश भएका छन् ।
६५ वर्षे उमेरहदका कारण उनी सोमबारदेखि अख्तियारबाट विदा भएका हुन् । सोमबार अख्तियारमा आयोजित विदाई कार्यक्रममा प्रमुख आयुक्त प्रेमकुमार राईले सिलवाललाई विदाई गरेका छन् । उनको अवकाशपछि अख्तियारमा एक आयुक्तको पद रिक्त भएको छ ।
सिलवाल चार वर्ष १० महिना अख्तियारको आयुक्त भएर काम गरेका छन् । उच्च अदालतको न्यायाधीश रहेका सिलवाल उच्च अदालत पोखराको कामू मुख्यन्यायाधीश पदबाट राजीनामा दिएका थिए ।
संवैधानिक परिषदले उनलाई अख्तियारको आयुक्तमा सिफारिस गरेको थियो । सिलवाल २१ फागुन, २०७७ मा अख्तियारको आयुक्त भएका थिए ।
४१ वर्ष सार्वजनिक पदमा रहेका आयुक्त सिलवाल अख्तियारमा नियुक्त हुनुअघि करिव ११ वर्ष उच्च अदालतको न्यायाधीश भएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया