नेपाल र भारतमा अभद्र व्यवहार गर्ने क्रियाकलाप बन्द गरौं, बोर्डरमा समस्या हुनेछ : कांग्रेस नेता शाह
कृष्णनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद अभिषेकप्रताप शाहले नेपाल र भारतका नागरिकबीचको सम्बन्धमा सुधार गर्न आफैबाट सुधारको थालनी हुनुपर्ने बताएका छन् ।
शनिबार कपिलवस्तुको कृष्णनगरमा बहादुरगञ्ज आँखा तथा सर्जिकल सेन्टरले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसांसद शाहले भने, ‘ईण्डियन भनेर गाली ग¥यौं भने, गाली गलौज गरियो भने को आउँछ हाम्रो नेपालमा ? हाम्रो माइण्ड सेट जुन छ, त्यसलाई ओपन गर्नुपर्छ । अब हामीले व्यापार गर्नको लागि केन्द्रित हुनुपर्छ ।’
‘एउटा गरिब व्यक्तिलाई पनि भेदभाव नगरी सेवा दिनुपर्छ । गरिब र धनी व्यक्तिलाई भेदभाव नगरी अगाडि बढ्दा मात्रै देश अगाडि बढ्छ,’ कांग्रेस नेता शाहले भने ।
‘हामीले आफ्नो व्यवहारलाई पनि परिवर्तन गर्नुपर्छ । नेपालभित्र पनि र भारतमा पनि । पक्कै पनि त्यो व्यक्ति, जसले अपशब्द प्रयोग गरेको थियो, उ पनि भारतमा जाने बेला त्यहाँ पनि अभद्र व्यवहार भयो होला उसँग, त्यो व्यक्तिसँग अभद्र व्यवहार ग¥यो,’ उनले भने ।
‘त्यस्तो अभद्र व्यवहार नेपाल र ईण्डिया दुबैतिर रोकिनु पर्छ । ईण्डियामा जाँदा नेपालीहरूलाई अभद्र व्यवहार गर्ने, नेपालमा आउँदा ईण्डियनहरूलाई अभद्र व्यवहार गर्ने, त्यस्तो किसिमको क्रियाकलाप हामीले बन्द गरेनौं भने भोलिका दिनमा बोर्डरमा समस्या हुनेछ । हाम्रो अर्थतन्त्रमा समस्या हुनेछ । हाम्रो मेनपावरमा समस्या हुनेछ । हाम्रो कनेक्टीभीटीमा समस्या हुनेछ । ईकोनोमी नै ध्वस्त हुनेछ,’ नेता शाहले भने ।
‘भोलिका दिनमा हामीले सामान्य व्यवहार गरौं । हरके व्यक्तिसँग बराबरीको व्यवहार र सम्बन्ध राखौं । त्यसपछि मात्रै देश र समाज अगाडि बढ्न सक्छ,’ भने ।
यसैबीच, बहादुरगञ्ज आँखा तथा सर्जिकल सेन्टरको शाखा कृष्णनगरमा पनि सञ्चालनमा आएको छ । शाखाबाट कृष्णनगर र आसपासका जनताले आँखाको उपचार गर्न सक्नेछन् । भारतबाट पनि आँखाका उपचार गर्न आउने अपेक्षा आफूले लिएको कांग्रेस नेता शाहले बताए ।
‘कृष्णनगरका जनताले अब आँखाको उपचार गराउन बहादुरगञ्ज, भैरहवा जानु पर्दैन । अप्रेशन सेन्टरमा डेभलपमेन्ट गरिएको छ,’ नेता शाहले भने, ‘अस्पतालका चिकित्सकहरूका कारण कृष्णनगरबासीले आँखाको उपचार गर्न पाएका छौँ ।’
पूर्वसांसद शाहले भने, ‘चिकित्सकहरूको धैर्यता प्रशंसनीय छ । ठूलो संख्यामा उपचार गर्न आउने सेवाग्राही हुँदा पनि चिकित्सक र स्वास्थ्यकर्मीहरूले राम्रो कार्य गर्नुभएको छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया