तरुण अध्यक्ष गुरुङद्वारा काभ्रे कांग्रेसका अभिभावक स्व.केशव लामाप्रति श्रद्धाञ्जलि व्यक्त
बनेपा । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले स्व.केशरबहादुर लामाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
लामाको निधन भएको आठौं दिन काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ८ स्थित निवासमा पुगेर अध्यक्ष गुरुङले श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । केशरबहादुर लामाको निधनबाट काभ्रे कांग्रेसले अभिभावक गुमाएको गुरुङले बताएका छन् ।
स्व.केशरबहादुर नेपाली कांग्रेस, काभ्रेपलाञ्चोका सभापति तीर्थ लामाका पिता हुन् । शोकमा रहेका लामा परिवारप्रति अध्यक्ष गुरुङले समवेदना प्रकट गरेको तरुण दलका केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलले बताएका छन् ।
Published : Saturday, 2025 November 29, 6:59 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया