पर्सामा दुई स्थानबाट स्रोत नखुलेको २५ लाखसहित साह र पटेल पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको हुन्डी रकमसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पर्सा प्रहरीका एसपी सुदीपराज पाठकका अनुसार भारतको बिहार राज्यको मोतीहारी जिल्ला रक्सौल निवासी ५३ वर्षीय सुरेन्द्र साहलाई पक्राउ गरिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १६ रजत जयन्ती चोकमा खटिएको प्रहरीले रक्सौलबाट वीरगञ्ज आउँदै गरेका साहलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको जनाएको छ ।

मधेश प्रदेश ०३–०२५ प ९८०७ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा मोटरसाइकलको एयर फिल्टरमा लुकाइएको नेपाली रुपियाँ १० लाख बरामद एसपी पाठकले जानकारी दिएका छन् ।

पर्सा प्रहरीले मंसिर ७ गते ठूलो परिमाणको हुण्डी रकमसहित पकाहामैनपुर गाउँपालिका वडा नं. १ स्थित धोरे चेकपोस्टमा खटिएको संयुक्त प्रहरी टोलीले १५ लाख रुपियाँ बरामद गरेको छ । स्रोत नखुलेको रकमसहित ३४ वर्षीय अवधेश पटेललाई नियन्त्रणमा लिइएको छ ।

Published : Saturday, 2025 November 29, 12:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया