भारतले राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नतिमा सहयोग गर्ने, मन्त्री डा.शर्मा र राजदूत श्रीवास्तवबीच भेट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतम र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेट भएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयमा भएको भेटका क्रममा दुई देशबीचको ऐतिहासिक र अतुलनीय मित्रता रहेको तथा स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा गहन छलफल भएको मन्त्रालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

मन्त्री डा.शर्माले नेपाल–भारतबीचको सम्वन्ध गहिरो रहेको र स्वास्थ्य क्षेत्रमा भारतले गरेको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरेकी छिन् । मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा, राष्ट्रिय औषधि प्रयोगशालाको परीक्षण क्षमता अभिवृद्धि र प्रवासमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य सुधार मन्त्रालयका प्रमुख प्राथमिकतामा रहेको डा.शर्माले बताएकी छिन् ।

भारतीय राजदूत श्रीवास्तवले भारत–नेपाल सम्बन्धको महत्व दोहो¥याउँदै राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नतिका लागि भवन निर्माण, आवश्यक उपकरण तथा सोको लागि जनशक्तिको तालिममा सहयोग गर्न सकिने विषयमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

Published : Friday, 2025 November 28, 3:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया