संसद पुनर्स्थापना गरी जेनजीसहितको सर्वपक्षीय सरकार बनाइ चुनाव गरौँ : कांग्रेस उपसभापति गुरुङ
विराटनगर । नेपाली कांग्रेसमा उपसभापति धनराज गुरुङले अहिलेकै अवस्थामा फागुन २१ गते चुनाव हुन नसक्ने बताएका छन् ।
बिहीबार विराटनगरमा नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंकको ८औं केन्द्रीय परिषद् बैठकमा सम्बोधन गर्दै उपसभापति गुरुङले निर्धारित मितिमा निर्वाचन हुने अवस्था नरहेको बताए । उनले सुरक्षा निकायको मनोवल कमजोर भएको र विधिको शासन विपरितका गतिविधिले निरन्तरता पाइरहेका कारण चुनाव सम्भव नरहेको बताए ।
‘चुनाव, चुनाव भनेर मात्रै चुनाव हुँदैन,’ गुरुङले भने, ‘दुई चारजनाले भाँडभैलो मच्चाउन खोजे प्रहरीले रोक्ने अवस्था छैन । सुरक्षा निकायको मनोवल कमजोर भएको सेनालाई लेफ्ट राइट गर्नेमात्रै हो भन्ने भाष्य सिर्जना गरिएको अवस्थामा चुनाव हुने सम्भावना देखिँदैन ।’
उनले केही समयलाई भए पनि प्रतिनिधिसभा पुनर्स्थापना गरेर जेनजी पुस्ताको माग सम्बोधन हुने गरी संविधान संशोधन गरेर जेनजी पुस्तासहितको सर्वपक्षीय सरकार गठन गरेर चुनावमा जानु उचित हुने बताएका छन् ।
उपसभापति गुरुङले अहिलेकै संविधान, अहिलेकै व्यवस्था र निर्वाचन पद्दतिबाट स्थिर सरकार कहिलै नबन्ने बताएका छन् । ‘यही संविधान, यही निर्वाचन पद्धतिबाट राजनीतिक स्थायित्व आउँदैन,’ उनले भने, ‘अहिलेकै अवस्थामा निर्वाचन भइहाले पनि पुरानै नियति दोहोरिन्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया