काठमाडौं प्रहरीद्वारा कार्तिक महिनाका लागि ईन्स्पेक्टर श्रेष्ठलाई पुलिस अफ द मन्थको प्रशंसा पत्र प्रदान
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रहरी निरीक्षक (ईन्स्पेक्टर) शंकर श्रेष्ठलाई ‘पुलिस अफ द मन्थ’को रुपमा प्रशंसा पत्र प्रदान गरेको छ ।
प्रहरी प्रभाग गोंगवु, नयाँ बसपार्कमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका ईन्स्पेक्टर श्रेष्ठलाई कार्तिक महिनाको लागि काठमाडौं प्रहरीले प्रशंसा पत्र प्रदान गरेको हो ।
काठमाडौं प्रहरीका एसएसपी रमेश थापाद्वारा हस्ताक्षर प्रशंसा पत्रमा भनिएको छ, ‘नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एवं अपराध अनुसन्धान नेपाल प्रहरी र प्रहरी कारवाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको सत्य सेवा सुरक्षणम अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा तपाईले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै २०८२ साल कार्तिक महिनाको पुलिस अफ द मन्थको रुपमा यो प्रंशसा–पत्र प्रदान गरिएको छ ।’
‘आगामी दिनमा काठमाडौं जिल्लाको अपराध अनुसन्धान, नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउन हुनेछ भन्ने विश्वास लिएका छौं,’ प्रहरी वरिष्ठ उपरीक्षक थापाले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया