नक्कली पिएचडी देखाएर नियुक्ति लिएपछि चार प्रध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । नक्कली पिएचडी देखाएर नियुक्ति लिएको भन्दै ४ प्राध्यापकविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
बुधबार आयोगले ४ प्रध्यापकविरुद्ध विशष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गर्ने र लिने ४ प्राध्यापकविरूद्ध मुद्दा दर्ता भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सहपरीक्षा नियन्त्रक छनोट समितिका संयोजक प्रा.डा जयलक्ष्मी प्रधान, सदस्य प्रा.डा मोतीलाल शर्मा, प्रा.डा मेघराज पोख्रेल र तत्कालीन सहपरीक्षा नियन्त्रक सह–प्राध्यापक डिल्लीराम प्रसाईविरूद्ध मुद्दा दर्ता गरेको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।
समितिका तीन संयोजकले पिएचडी (विद्यावारिधि) नगरी झुटा विवरण पेस गरेका व्यक्तिलाई सहपरीक्षा नियन्त्रणको सहप्राध्यापकलाई नियुक्ति दिइएको आरोप छ ।
२०८१ भदौ १७ र २२ गते गोरखापत्र दैनिकमा ७ दिनको म्याद राखेर सूचना जारी गरिएको थियो । जसमा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा १ जना सहपरीक्षा नियन्त्रकको आवश्यक रहेको भनिएको थियो । सूचनाको आधारमा ६ जानले आवेदन पेस गरेका थिए ।
एकजनालाई छान्नका लागि पद्यकन्या क्याम्पसमा कार्यरत प्रा.डा जयालक्ष्मी प्रधान र रसायन शास्त्र विभागमा कार्यरत प्रा.डा मोतीलाल शर्मा र प्रा.डा मेघराज पोख्रेल रहने गरी तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया