विशेष महाधिवेशनले कांग्रेसलाई भड्खालोमा हाल्छ, पार्टी विभाजन हुन्छ : नेता शाही
काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजनको गतिविधि गरिरहेका बेला नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले विशेष महाधिवेशन हुन नसक्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले विशेष महाधिवेशनले पार्टीमा बिग्रह आउने बताए । उनले सबैजना सहमति, सहकार्य र एकता कायम गरेर नियमित महाधिवेशनको बाटोमा अगाडि बढ्नुपर्ने बताए ।
‘नियमित महाधिवेशनको विकल्प विशेष महाधिवेशन हुन सक्दैन । विशेष महाधिवेशनले पार्टीलाई बिग्रहमा पु¥याउँछ,’ शाहीले भने, ‘हामी अहिलेको विषम परिस्थितिमा पार्टीभित्र सहमति, सहकार्य, एकता चाहन्छौं । सहमति, सहकार्य र एकता नै पार्टीभित्रको र देशको लोकतन्त्रको आवश्यकता हो ।’
नेता शाहीले विशेष महाधिवेशन पार्टीलाई भड्खालोमा हाल्ने एजेण्डा रहेको बताए । उनले कांग्रेस कमजोर भएको खण्डमा लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर भएको खण्डमा राष्ट्रियता कमजोर हुने बताए ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएर आउन पनि सहमति, सहकार्य र एकता आवश्यक रहेको उनले बताए ।
नेता शाहीले भदौ २४ गते पार्टी सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणलाई कांग्रेसमाथि भएको आक्रमणको रुपमा हेरिनुपर्ने बताए । त्यस्ता जघन्य अपराधमा संलग्नहरूलाई सरकारले छानविन गरेर कारबाही गर्नुपर्ने उनले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया