कांग्रेसको नियमित महाधिवेशनका लागि युवा, विद्यार्थीको बृहत भेला आह्वान, निर्वाचन केन्द्रित हुन अपील
काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर युवाहरूले बृहत भेलाको आह्वान गरेका छन् ।
मंगलबार काठमाडौंमा जम्मा भएका युवा तथा विद्यार्थीहरूको विशेष बैठकले ‘नियमित अधिवेशनका लागि बृहत युवा विद्यार्थी भेला’को आयोजना गर्ने निर्णय गरेका हुन् । भेला मंसिर १२ गते बिहान ११ बजे काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा हुनेछ ।
नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि बृहत युवा तथा विद्यार्थी भेलाको आयोजना गर्न लागिएको भन्दै भेलामा सहभागी हुन आह्वान गरिएको छ ।
नेविसंघका केन्द्रीय सदस्य मनीषजंग थापाका अनुसार मंसिर १० गते बिहान तीनकुनेस्थित रोयल बैंक्वेटमा हुने बृहत भेलामा सहभागी हुन अनुरोध गरिएको छ ।
बृहत भेलाको तयारी स्वरुप आयोजित बैठकमा कांग्रेस केन्द्रीय सदस्य जीतजंग बस्नेत, केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, बाग्लुङ कांग्रेसका सभापति जीतबहादुर शेरचन, बागमती प्रदेशसभाका सांसद रामकृष्ण चित्रकार, बागमती प्रदेशसभा सांसद मषीना खड्का, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
निर्वाचन केन्द्रित कार्यक्रममा एकताबद्ध भएर जानुपर्ने बेला कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बहानामा निर्वाचन बिथोल्ने गतिविधि गरिरहेका बेला युवा तथा विद्यार्थीले बृहत भेलाको आयोजना गरेका छन् ।
नियमित महाधिवेशन पक्षधर युवा तथा विद्यार्थीले कांग्रेसलाई एकताबद्ध बनाएर निर्वाचन केन्द्रित बनाउन आग्रह गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया