विशेष महाधिवेशन हुँदैन, यो विधानले सभापति, पदाधिकारी वा सदस्यहरू हटाउने व्यवस्था छैन : तरुण नेता पोखरेल
काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजन हुने गरेर गतिविधि गरिरहेका बेला नेपाल तरुण दलका केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलले विशेष महाधिवेशन नहुने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत तरुण नेता पोखरेलले भने, ‘नेपाली कांग्रेसको छुट्टै अर्को बिधान छ अथवा अर्को बिधान बन्दैछ भने त थाहा भएन । अहिलेको कानून र बिधानअनुसार नेपाली कांग्रेसको मौजुदा बिधान २०१७ (संशोधित )लाई आधार मान्ने हो भने विशेष महाधिवेशनले पार्टी सभापति, पदाधिकारी वा सदस्यलाई हटाउने व्यवस्था विधानको धारा १७ (२) मा कहिँ कतै लेखिएको छैन ।’
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचनलाई बिथोल्ने गरेर निर्वाचन अगाडि विशेष महाधिवेशन भनेर बबण्डर मच्चाइरहेका बेला तरुण दलका केन्द्रीय सदस्य पोखरेलले बिधानको व्यवस्था के छ ? भनेर स्मरण गराइदिएका छन् । महामन्त्रीद्वय थापा र शर्माले कांग्रेस विभाजन हुने गरेर अभिव्यक्ति र गतिविधिहरू गरिरहेका बेला पोखरेलले कांग्रेसको बिधानलाई पढ्न सचेत गराएका छन् ।
‘नेपाली कांग्रेसको मौजुदा बिधानको १७ को २ ले ४० प्रतिशत महाधिवेशन हस्ताक्षरकर्ताले विशेष कारण खुलाई लिखित माग राखेमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्नेछ भनेको छ,’ पोखरेलले भनेका छन् ।
‘तर, यो बुँदाले के के गर्ने हो ? कसो कसो निर्णय गर्ने हो ? कहिँ कतै उल्लेख भएको मैले चाहिँ भेटिन,’ तरुण नेता पोखरेलले भने, ‘हस्ताक्षरकर्ताले अहिले मागेको मागअनुसार गर्नलाई त पहिला पार्टीको केन्द्रीय समितिको बैठकबाट १७(२) को बुँदा संशोधन गर्नु पर्यो ।’
‘फेरि उल्लेखित हस्ताक्षर सहि छन्/छैन् ? निर्क्यौल गर्ने आधारहरू के के हुन ? यो प्रश्न पनि अनुत्तरित छ,’ तरुण नेता पोखरेलले भनेका छन् ।
‘अर्को कुरा नेपाली कांग्रेसको कार्यकाल महाधिवेशन सम्पन्न भएको मितिले ४ वर्षसम्म रहनेछ अर्थात् २०८२ को मंसिर मसान्त त्यसपछि सिधासिधा कुरा स्पष्ट हुन्छ की नियमित अधिवेशन,’ उनले लेखेका छन्, ‘यो विषयले विशेष महाधिवेशनको च्याप्टर क्लोज भयो ।’
पोखरेलले भने, ‘अबफेरि अर्को पाटो नियमित अधिवेशनको अवधारणा सँगसँगै, कृयाशील सदस्यता बितरण, कृयाशील सदस्यता नवीकरण, केन्द्रीय निर्वाचन समिति गठन, वडा, नगर/गाउँ, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशन । यो कार्यहरू अगाडि बढाउनको लागि फाल्गुन २१ को चुनाव आउन अब ३ महिना बाकीको अवस्था र त्योभन्दा अगाडि राष्ट्रियसभाको उम्मेदवार मनोनयन, प्रतिनिधिसभा समानुपातिक उम्मेदवार छनोट, प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार छनोट कार्य गर्न नेपाली कांग्रेस चुनावमा सहभागी हुनेसहित निर्वाचन आयोगमा दल दर्ता गर्ने २०८२ साल मंसिर ६ गते नेपाली कांग्रेसस केन्द्रीय समितिको निर्णयले चुनावअघि नियमित अधिवेशनको अवधारणा पनि समाप्त भएर गयो ।’
‘अहिलेको यो चर्चाको विषय भएको छ र नेपाली कांग्रेसलाई सबैले नियालिरहेको छन् । म एउटा जिम्मेवार कार्यकर्ताको हैसियतले कृपया नेपाली कांग्रेसलाई यसरी बन्धक नबनाइदिनुस् भनी पार्टी केन्द्रीय समितिलाई अनुरोध गर्दै मंसिर ११ गते हाल चलिरहेको बैठक सम्पन्न गर्न पनि ध्यानाकर्षण गराउँदछु,’ तरुण केन्द्रीय सदस्य पोखरेलले भने ।
‘त्यसैले मेरो विनम्र अनुरोध छ, आगामी पार्टीको केन्द्रीय समितिको बैठकबाट चुनाव लक्षित कार्यक्रमहरू सार्वजनिक गरि सम्पूर्ण मनमुटावलाई एकठाउँमा थाँती राखी पार्टीलाई एकढिक्का पारी आउने चुनावमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी भूमिका खेलौँ,’ तरुण नेता पोखरेलले भनेका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया