भदौ २४ को हत्या प्रयासबाट बाँचेका सभापति देउवालाई लाञ्छना नलगाउन तरुण नेता घिमिरेको चेतावनी

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य सरिन घिमिरेले भदौ २४ गतेको हत्या प्रयासबाट बाँचेर गम्भीर अवस्थामा उपचाररत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध अपात्तिजनक अभिव्यक्तिहरू नदिन चेतावनी दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत तरुण नेता घिमिरेले भदौ २४ गते निवासमा बसेका बेला हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण भएपछि उपचाररत सभापति देउवालाई लाञ्छना लगाउने कार्यको विरोध गरेका हुन् । उनले एकताबद्ध भएर जानुपर्ने बेला सभापति देउवामाथि केही नेताहरूबाट निच शब्दावलीसहित अभिव्यक्ति दिएकोमा आक्रोश पोखेका हुन् ।

उनले लेखेका छन्, ‘शारीरिक अस्वस्थताका कारण कार्यबाहक दिएर घरमा आराम गरिरहनुभएका सभापति शेरबहादुर देउवा ज्यूलाई अनावश्यक लाञ्छना अपाच्य छ ।’

‘देश एउटा बिकारल अवस्थाबाट गुज्रिरहेको बेलामा नेपाली कांग्रेस एकढिक्का भएर संघीय निर्वाचनमार्फत निकाश दिने कुरामा अग्रसरता लिनपर्ने बेलामा पार्टीभित्र किचलो गरेर समग्र पार्टीलाई कम्जोर बनाउने कुरा हामीलाई अब स्वीकार्य छैन ! हेक्का रहोस्,’ तरुण केन्द्रीय सदस्य घिमिरेले भनेका छन् ।

कांग्रेस नेता गुरुराज घिमिरेले सभापति देउवालाई तल्लोस्तरमा उत्रिएर सार्वजनिक रुपमा अभिव्यक्ति दिनेदेखि विभिन्न मिडियाहरूमा अपाच्य शब्दावलीसहित लाञ्छना लगाउने कार्य गरेपछि तरुण नेता घिमिरेले विरोध जनाएका हुन् ।

कहिल्यै पनि निर्वाचन नजितेका, मनोनीत केन्द्रीय सदस्य भएका, समानुपातिक सांसद बनेर अवसर लिएका नेता घिमिरे विशेष महाधिवेशनका नाममा बबण्डर मच्चाएर कांग्रेसलाई बिभाजनको बाटोतर्फ लैजाने प्रयास गरिरहेका छन् ।

Published : Tuesday, 2025 November 25, 4:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया