पर्वत समाज दक्षिण कोरियामा सर्वसम्मत नयाँ कार्यसमिति चयन, अध्यक्षमा खत्री
दक्षिण कोरिया । पर्वत समाज दक्षिण कोरियाको पाँचौ अधिवेशनले विमल खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
दक्षिण कोरियाको सियोलस्थित दोङ्देमुनमा रहेको नेपाल थाई रेष्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । समाजको वरिष्ठ उपाध्यक्षमा आशिष गुरुङ, उपाध्यक्षहरूमा मेघ पौडेल, प्रकाश पाण्डेय, सृजना तिवारी चयन भएका छन् ।
महासचिवमा जीवन पौडेल तथा सचिवहरूमा सलिन शर्मा, सुनिल भुसाल ‘कृष्ण’ सर्वसम्मत भएका छन् । कोषाध्यक्षमा सरोज कार्की तथा सह–कोषाध्यक्षमा विष्णु सापकोटा सर्वसम्मत भएका छन् ।
समाजको सदस्यहरूमा कृष्ण सुबेदी, अर्जुन हमाल, प्रवीन जिसी, अनिल पौडेल, प्रकाश शर्मा, बिक्रम काफ्ले, संजोग भुसाल, मिलन बि.क., सुरेश थापा र सन्तोष सेन चयन भएको निर्वाचन समितिले जनाएको छ ।
समाजको खेलकुद संयोजकमा सरोज गुरुङ, निर्वाचन संयोजकमा डा.रोशन पौडेल तथा निर्वाचन समितिका सदस्यहरूमा डा.सञ्जु पौडेल, श्रीमती नन्द गुरुङ चयन भएका छन् ।
पर्वत जिल्लाबाट रोजगारी, अध्ययन, व्यवसाय लगायतको अवसरका लागि दक्षिण कोरिया आएका नेपालीहरूको समाजले सामाजिक कार्यहरू गर्दै आएको छ ।
‘एकता, सहयोग र साझा अभियानमार्फत प्रवासी पर्वतेको पहिचान मजबत बनाउँदै समृद्ध पर्वत निर्माणमा योगदान पु¥याउने’का साथ अधिवेशन सम्पन्न भएको नवनिर्वाचित अध्यक्ष खत्रीले बताएका छन् । खत्रीले अधिवेशनबाट आफूसहितका नयाँ कार्यसमिति सर्वसम्मत गराउने पर्वत समाजका सबैप्रति अभार प्रकट गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया