एआईजीपी अधिकारी ईन्टरपोल महासभामा सहभागी हुन प्रस्थान

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) राजन अधिकारी ईन्टरपोलको ९३औं महासभामा सहभागी हुन प्रस्थान गरेका छन् ।

शनिबार एआईजीपी अधिकारी नेतृत्वको टोली ईन्टरपोलको महासभामा भाग लिन मोरक्को प्रस्थान गरेको हो । इृन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गतेदेखि ११ गतेसम्म संचालन हुनेछ ।

एआईजीपी अधिकारीसँग महासभामा सहभागी हुन ईन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेस खड्का समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

महासभामा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल हुनेछ ।

ईन्टरपोलको कार्यकारिणी समितिको विभिन्न रिक्त पदहरूको लागि निर्वाचन र मतदान समेत हुनेछ । महासभामा ईन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूको प्रतिनिधिहरू सहभागी हुने र ईन्टरपोलको महत्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि मतदानहरूमा भाग लिने कार्यक्रम रहेको छ ।

Published : Saturday, 2025 November 22, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया