संसदीय राजनीतिमा छिरेका चन्द र विश्वकर्माद्वारा प्रधानमन्त्री कार्कीसँग भेट

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्माले भेट गरेका छन् ।

बिहीबार बालुवाटारमा कार्की, चन्द र विश्वकर्माबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्कीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले महासचिव चन्द र प्रवक्ता विश्वकर्मालाई जेनजी आन्दोलनको जनादेशलाई सबै पक्षले सम्मानसाथ ग्रहण गर्नुपर्ने धारणा राखेकी छिन् ।

फागुन २१ गतेको मध्यावधि निर्वाचनका लागि दल दर्ताको प्रमाणपत्र लिएका महासचिव चन्दले प्रधानमन्त्री कार्कीलाई एकाएक भेट गरेका छन् । उनीहरूका बीच गोप्य विषयमा के कुराकानी भयो केही भनिएको छैन ।

हिंसात्मक गतिविधिबाट शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका महासचिव चन्दले पार्टी दर्ता गरेर प्रतिस्पर्धाको संसदीय राजनीतिमा आफूलाई समावेश गराएका छन् ।

Published : Friday, 2025 November 21, 6:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया