भारतद्वारा नेपाललाई १० बेलिब्रिज हस्तान्तरण, ३८ मेट्रिक टन भार वहन क्षमता
काठमाडौं । भारत सरकारले नेपाललाई विपत् प्रभावित क्षेत्रमा आपतकालीन उपयोगका लागि १० बेलिब्रिज सहयोग उपलब्ध गराएको छ ।
बिहीबार हेटौँडामा आयोजित कार्यक्रममा पहिलो बेलिब्रिज नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् । राजदूत श्रीवास्तवले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई बेलिब्रिज पुल हस्तान्तरण गरेका हुन् ।
नेपाल सरकारको अनुरोधमा भारतले गत वर्षझैँ यस वर्ष पनि १० बेलिब्रिज उपलब्ध गराएको सडक विभागका महानिर्देशक विजय जैसीले जानकारी दिएका छन् ।
हाल प्राप्त पुलहरू हेवाखोला, बागमती नदी र लार्छाजस्ता संवेदनशील तथा महत्वपूर्ण स्थानमा जडान गरिनेछ । हस्तान्तरण गरिएका पुलहरू ७० मिटरभन्दा लामो, ४.२५ मिटर चौडा एकल–लेन संरचना भएका छन् । ती ३८ मेट्रिक टन भार वहन गर्ने क्षमता भएका छन् ।
लामो स्प्यानका बेलिब्रिज जडानमा विशेष प्राविधिक दक्षता आवश्यक पर्ने भएकाले भारतले पुल निर्माण कम्पनी गार्डन रिचका प्राविधिक विशेषज्ञ नेपाल पठाउने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिएका छन् । सो टोलीले नेपाली ईञ्जिनियरलाई तालिम तथा क्षमता विकास गर्दै पुल जडानमा सहयोग गर्नेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया