एमालेका नेताहरूमाथि जेनजीको नाममा सिमरामा भएको आक्रमणको कांग्रेस नेता खतिवडाद्वारा निन्दा
काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले जेनजीको नामबाट एमालेका नेता, कार्यकर्तामाथि भएको आक्रमणको विरोध गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल एक्समार्फत कांग्रेस नेता खतिवडाले संविधानले दिएको शान्तिपूर्ण अधिकारमाथि हनन् गर्ने कार्य निन्दनीय रहेको बताए । उनले शान्तिपूर्ण भेलामा सम्बोधन गर्ने अधिकार सबैलाई रहेको बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापति समेत रहेका नेता खतिवडाले भने, ‘सिमरा घटना राजनीतिक रूपमा दुखद् र निन्दनीय छ । शान्तिपूर्ण भेलालाई सम्बोधन गर्ने अधिकार सबैलाई छ ।’
‘जेनजी, गैरजेनजी सबैलाई संवैधानिक अधिकार छ । मुठभेदले आजको समस्यालाई समाधान गर्दैन,’ कांग्रेस केन्द्रीय सदस्य खतिवडाले भने, ‘अब राजनीतिक प्रतिशोधको ब्यबहार कोहीमाथि नगरौं ।’
एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेत लगायतका नेताहरू शान्तिपूर्ण कार्यक्रम र भेलालाई सम्बोधन गर्न बारा जान लागेका बेला जेनजीको नाममा सिमरा विमानस्थल र एमालेका नेता, कार्यकर्तामाथि आक्रमण भएको थियो ।
अन्तरिम सरकारले कर्फ्यु आदेश जारी गर्नुदेखि सिमरा विमानस्थल बन्द गरेर काठमाडौंबाट बारा जान एमालेका नेताहरूलाई अबरोध गरेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया