मुख्यमन्त्री बानियाँ प्रदेश सुशासन र पीएलजीएसपीको बैठकमा सहभागी
हेटौंडा । बागमती प्रदेशको प्रदेश सुशासन केन्द्र र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी)को निर्देशक समितिको बैठक सम्पन्न भएको छ ।
बुधबार बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा दुबै बैठक सम्पन्न भएको हो । बैठकमा सुशासन केन्द्रको आर्थिक वर्ष ०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तयार भएको पाँचौँ वार्षिक प्रतिवेदन बैठकमा पेश भई वित्तीय तथा भौतिक प्रगतिको समीक्षा गरेको छ ।
केन्द्रको कार्यक्रम संचालन गर्दा गुणस्तरमा सुधार गर्दै प्रभावकारी रुपले संचालन गर्न निर्देशन दिने निर्णय गरेको छ । आर्थिक वर्ष ०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमले निर्धारण गरेका लक्ष्य हासिल गर्न कार्यान्वयन कार्ययोजना तयार गरी सोही बमोजिम गर्न निर्देशन दिने निर्णय गरेको छ ।
पीएलजीएसपी निर्देशक समितिको बैठकले चालु आर्थिक वर्ष ०८२/०८३ को वार्षिक कार्यक्रम रणनीतिक कार्यान्वयन योजना स्वीकृत गर्ने निर्णय गर्दै आगामी वर्षको बजेट तयार गर्नुपूर्व आवश्यकता अनुसार समितिको बैठकको आयोजना गर्ने र चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयन योजना तयार गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
प्रादेशिक कार्यक्रम संयोजकको अध्यक्षतामा गठन हुने प्रदेश प्राविधिक सहयोग समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले नवप्रर्वतन साझेदारी परियोजना प्रदेशका सबै जिल्लाका कम्तिमा एक पालिकामा सञ्चालन हुने व्यवस्था मिलाउने लगायतका निर्णय गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया