बागमती सरकारद्वारा वहुवर्षीय ठेक्कामा सहमति प्रदान, सचिवको पदस्थापना, दुई सचिवको सरुवा

हेटौँडा । बागमती प्रदेश सरकारले सहसचिव रामबाबु पुरीलाई सचिवको रुपमा पदस्थापना गरेको छ । २ जना ११औँ तह (सचिव)को सरुवा गरेको छ ।

बुधबार हेटौँडामा बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले संघीय सरकारबाट सरुवा भई आएका सहसचिव रामबाबु पुरीलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय हेटौँडामा नारायणकुमार श्रेष्ठ र तालिम केन्द्र, भण्डारामा सुधीर श्रेष्ठलाई सरुवा गरिएको छ ।

शिक्षा विकास निर्देशनालयको महानिर्देशक पदमा उपसचिव गोपाल कँडेललाई कायम मुकायम प्रमुखको जिम्मेवारी तोकेको छ । मुख्यमन्त्री कार्यालयको सिफारिसमा उपसचिव इन्जिनियर घनश्याम कार्कीलाई ११औँ तह (सचिव)मा नियुक्त गर्ने निर्णय गरेको छ ।

बागमती सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्रस्ताविमा प्रदेश आयोजनाको वहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्डलाई स्वीकृत गरेको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको सशस्त्र आवासीय भवन निर्माण तथा संरचना सुधारका लागि विनियोजित रकमको प्रभावकारी खर्चका लागि सम्बन्धित निकायलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

Published : Wednesday, 2025 November 19, 5:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया