मकालु बेस क्याम्पमा मृत्यु भएका अरुण कार्कीको शवको उद्धार

मेलुङ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाले मकालु बेस क्याम्पमा मृत्यु भएका ४३ वर्षीय अरुण कार्कीको शवलाई उद्धार गरेको छ ।

मकालु बेस क्याम्प घुम्न आएका दोलखाको मेलुङ गाउँपालिका–७ घर भएका कार्कीको २०८२ मंसिर १ गते मकालु बेस क्याम्प नजिकै पुगेपछि स्वास्थ्यमा समस्या आई मृत्यु भएको प्रहरीद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कार्कीको मृत्यु भएको सूचना प्राप्त हुनेवित्तिकै जिल्ला प्रहरी कार्यालय, संखुवासभाबाट खटिएको प्रहरी निरीक्षक मेघराज अर्यालसहितको टोलीले मंसिर ३ गते हेली एभरेष्टको हेलिकप्टरद्वारा उद्दार गरी पोष्ट मार्टमको लागि केएमसी अस्पताल, दुवाकोट, भक्तपुर पठाइएको छ ।

Published : Wednesday, 2025 November 19, 5:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया