नक्सालमा दुई आईजीपीबीच भेटवार्ता

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्यालबीच भेटवार्ता भएको छ ।

मंगलबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आईजीपीद्वय कार्की र अर्यालबीच भेट भएको हो । भेटमा नवनियुक्त आईजीपी कार्कीलाई सशस्त्र प्रहरीका आईजीपी अर्यालले बधाई दिएका छन् ।

मुलुकको शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालबीच मजबुद सहकार्य गरेर अगाडि बढ्ने विषयमा पनि दुई आईजीपीबीच सम्वाद भएको छ ।

Published : Tuesday, 2025 November 18, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया