तुलसीपुरमा अबैध उत्खनन् गर्ने जेसीबी र टिप्परलाई कारबाही

तुलसीपुर । जिल्ला प्रहरी कार्यालय, दाङले अवैध रुपमा नदीजन्य उत्खनन् गर्ने जेसीबी र टिप्परलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ स्थित बगौसी दोभदान किनारमा कार्तिक २५ गते अबैध रुपमा नदी जन्य पदार्थ उत्खनन् गरिरहेको सूचनका आधारमा प्रहरीले छापामारेको सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेका रा १ क १०६१ नं. को जेसीबी मेसिन र रा १ ख २६१४ नम्बरको टिप्परलाई नियन्त्रणमा लिई तुलसीपुर उपमहानगरपालिकाद्वारा १ लाख ८० हजार ५ सय १७ रुपियाँ जरिवाना वापतको रकम कारवाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2025 November 17, 9:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया