जेनजीको आगो नियन्त्रण गर्न ७९ पटक दमकल प्रयोग : नगरप्रमुख महर्जन
जावलाखेल । ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले जेनजी आन्दोलनका क्रममा भएको आगजनीलाई नियन्त्रणमा लिन ललितपुर महानगरको दमकल सेवाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
आइतबार ललितपुरमा महानगरको सेवा प्रवाहरूको बारेमा तयार पारिएको ‘नगरवासीको सेवामा महानगर प्रहरी’नामक श्रव्य–दृश्य सामग्री प्रदर्शनी कार्यक्रममा महर्जनले जेनजी आन्दोलनका क्रममा भएको आगजनीलाई नियन्त्रणमा लिन ७९ पटक अत्याधुनिक दमकल परिचालन गरेको जानकारी दिए ।
नगरप्रमुख महर्जनले आन्दोलनका क्रममा भएको आगलागी नियन्त्रणमा ललितपुरको दमकलले गरेको सेवाको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत चर्चा भइरहेको बताएका छन् ।
नगरप्रमुख महर्जनले अहिले महानगरसँग फर्मसहितको अत्याधुनिक दमकल रहेको जानकारी दिएका छन् । उनले विपदको समयमा ललितपुरमा मात्रै सीमित नगरि अन्य जिल्लामा समेत दमकल परिचालन गरिएको बताएका छन् ।
ललितपुर महानगरपालिकाका नगरप्रमुख महर्जनले सर्वोच्च अदालतको आगो निभाउन पनि ललितपुरको दमकल पठाइदिएका थिए । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साह ‘बालेन’ले सिंहदरबार, सर्वोच्च अदालत र संसद भवन जल्दा काठमाडौंको दमकल पठाएका थिएनन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया