आईजीपी कार्कीद्वारा डोल्पाको हिमपातबाट उद्धार गरिएका बिरामी प्रहरीहरूसँग भेट (तस्बिरहरू)
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले डोल्पाबाट उद्धार गरेर ल्याइएका प्रहरी कर्मचारीहरूको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।
आइतबार काठमाडौंको महाराजगञ्ज स्थित नेपाल प्रहरी अस्पतालमा उपचाररत प्रहरी कर्मचारीहरूसँग भेट गरेर कार्कीले स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् । आईजीपी कार्कीले कर्तव्य पालनका क्रममा कार्यक्षेत्रमा बिरामी परेका प्रहरी कर्मचारीहरूको उपचारमा विशेष ध्यान दिएर उपचार गर्न चिकित्सकहरूलाई निर्देशन दिएका छन् ।
डोल्पा जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका वडा नं. १ मिजार गुम्बास्थित ईलाका प्रहरी कार्यालय, नाम्दोमा कार्यरत प्रहरी कर्मचारीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
प्रहरी कर्मचारीहरू २०८२/०७/२३ गते १६ः०० बजे जिल्ला प्रहरी कार्यालय, डोल्पाको लागि हिँडेकोमा अत्याधिक हिमपातका कारण उनीहरूका खुट्टा सुन्निएर हिँड्न समेत कठिन भएको थियो ।
उनीहरूलाई कार्तिक २८ गते नेपाली सेनाको हेलिकप्टरद्वारा डोल्पोबुद्ध गाउँपालिका वडा नं. १ धोबाट उद्धार गरी थप उपचार नेपाल प्रहरी अस्पताल काठमाडौंमा ल्याएर उपचार भइरहेको छ ।
अत्याधिक हिमपात र चिसोका कारण बिरामी भई उद्दार गरिएका उपचाररत प्रहरी कर्मचारीहरू तथा अन्य बिरामी प्रहरी कर्मचारीहरू एवम् आफन्तहरूसँग नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा भेटेर आईजीपी कार्कीले स्वास्थ्यस्थितिको जानकारी लिएका हुन् ।












बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया