सूर्य थापाद्वारा देउवा दम्पत्तिको स्वास्थ्य लाभको कामना, महामन्त्रीसहितका पदाधिकारीबारे दिए तितो सत्य
काठमाडौं । एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण गरेर घर जलाउँदा समेत कांग्रेसका पदाधिकारी र पार्टी केन्द्रीय कार्यालय समेतले स्वास्थ्य लाभको वक्तव्य जारी गर्न नसकेको भन्दै चिन्ता जनाएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत एमालेका नेता थापाले महामन्त्रीद्वय गगन थापा र विश्प्रकाश शर्मासहितका पदाधिकारीको नाम नलिएर सभापति देउवा गम्भीर घाइते हुँदा समेत स्वास्थ्य लाभको कामना गरेको वक्तव्य जारी हुन नसकेको बताए ।
निवर्तमान सांसद समेत रहेका एमालेका नेता थापाले भने, ‘घरमा आगजनी र कुटपिट हुँदा आफ्नै पार्टी कार्यालय र पदाधिकारीहरूबाट समेत स्वास्थ्यलाभको लागि वक्तव्यसम्म नदिइएको जानकारी उहाँलाई हुन पनि सक्छ, नहुन पनि सक्छ, किनकि उहाँ सोसल मिडिया हेर्नुहुन्न रे !’
‘देशभित्र करिब एक महिना र सिंगापुरमा उपचार गरेर स्वास्थ्यलाभ गरी स्वदेश फर्किनुभएकोमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यू र उहाँको दम्पतिलाई हार्दिक बधाई ज्ञापन गर्दछौं । पूर्ण स्वस्थलाभको कामना गर्दछौं ।’
एमालेका नेता थापाले खरो बोल्छन् । तर, सत्य कुरा बोल्दै आएका छन् । थापाले बोल्ने सत्य कुरा धेरैलाई मन पर्दैन । उनले कांग्रेस सभापति देउवा र कांग्रेसका पदाधिकारीहरूको मानवीय समवेदनाहीनताबारे तथ्य र सत्य कुरा अभिव्यक्त गरेका छन् ।
सभापति देउवा र नेतृ डा.राणालाई जेनजी प्रदर्शनको नाममा भदौ २४ गते आपराधिक समूहले घरभित्र प्रवेश गरेर हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो । देउवा निवासमा लुटपाट गर्नुका साथै आगो लगाएर नष्ट गरिएको थियो । घरमा खुकुरी लिएरका र हतियार बोकेका तिघ्रेहरूलाई भिडियो र तस्बिरहरूमा देखिएको थियो ।
भदौ २४ को आक्रमणपछि भर्चुअल माध्यमबाट उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पदाधिकारीहरूको बैठक समेत बसेको थियो । महामन्त्रीद्वय थापा र शर्माले वक्तव्य जारी गर्नुका साथै सामाजिक सञ्जालमा आएर आदर्शका ठूलाठूला गफ दिएका थिए । तर, उनीहरूले एकशब्द पनि सभापति देउवा र नेतृ डा.राणाको स्वास्थ्य लाभको कामना गरेनन् । सांघातिक आक्रमणको भर्त्सना समेत गरेनन् ।
सभापति देउवा गम्भीर घाइते भएर अस्पतालमा उपचार गराइरहेका बेला महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन भन्दै हस्ताक्षर अभियान चलाए । सभापति देउवाको आलो घाउमा निरन्तर प्रहार गरिरहे ।
उता, नेता डा.शेखर कोइरालाले दुई पेजको वक्तव्य जारी गरेर सभापति देउवा र नेतृ डा.राणामाथि भएको आक्रमणको खुलेरै बिरोध गरे । डा.कोइरालाले देउवा दम्पत्तिको स्वास्थ्य लाभको कामना गरेर मानवीय समवेदना प्रकट गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया