जेनजी आन्दोलनमा काठमाडौं प्रहरीमा रहेका मिसिल नष्ट, पीडितहरूलाई कार्यालयमा सम्पर्क गर्न आग्रह
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयहरू तोडफोड र आगजनी हुँदा ठूलो मात्रामा कागजात तथा मिसिलहरू नष्ट भएको जनाएको छ ।
प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले सूचना जारी गरेर मिसिलहरू नष्टहरू हुँदा अपराध अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन समस्या भएको बताएका छन् । मिसिल नष्ट भएपछि प्रहरीले पीडित तथा निवेदन दिनेहरूलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
सूचनामा भनिएको छ, ‘तोडफोड र आगजनीबाट कागजता तथा मिसिलहरू नष्ट भएकाले पीडित तथा निवेदन दिनेहरूले प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोला ।’
जिल्ला प्रहरी परिसर काठमाडौंले आफूसँग भएका कागजातहरू लिएर सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गर्न भनेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया