प्रहरीको मनोवल गिराउने कार्य नगर्न गौरी आयोग र सुशीला सरकारलाई कांग्रेस नेता खतिवडाको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नेपाल प्रहरीको मनोबल गिराउने काम गरिरहेको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत नेता खतिवडाले भने, ‘सरकारले प्रहरीलाई फेरि मनोबल गिराउने काम गरिरहेको छ । यही अवस्थाले चुनाव गराउन सकिन्छ ? यो घोर अपमानजनक काम हो ।’
‘पूर्व प्रहरी महानिरीक्षकमाथि छानबिन आयोगले गरेको पत्राचार उचित छैन । सरकार सुरक्षा निकायलाई अझ कमजोर नबनाउ,’ कांग्रेस केन्द्रीय सदस्य खतिवडाले भने ।
भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गलाई काठमाडौं उपत्यका नछाड्न दिएको निर्देशनपछि कांग्रेस नेता खतिवडाले आपत्ति जनाएका हुन् । आयोगको यो गतिविधिले प्रहरीको मनोवल झन् कमजोर हुने खतिवडाको चिन्ता छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापति समेत रहेका खतिवडाले सुशीला सरकारबाट नेपाल प्रहरीमाथि निरन्तर प्रहार भइरहेको उल्लेख गरेका छन् । प्रहरीले भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा कानूनले दिएको अधिकारअनुसारको कार्य गरेको थियो । प्रहरी नै सबै कुराको प्रमुख जिम्मेवार र दोषी हो भने जस्तो गरेर आयोग र सुशीला सरकारले प्रहरी कर्मचारीहरूको मनोवल गिराउने कार्य गरिरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया