आईजीपी कार्कीलाई प्रतिस्पर्धामा रहेका तीन एआईजीपीहरूद्वारा नक्सालमा भव्य स्वागत
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई तीन प्रतिस्पर्धी एआईजीपीहरूसहितका प्रहरी कर्मचारीहरूले स्वागत गरेका छन् ।
बिहीबार गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह प्राप्त गरेपछि सिधै नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल पुगेका आईजीपी कार्कीलाई एआईजीपीहरू राजन अधिकारी, मनोज कार्की, सिद्धिबिक्रमी शाह लगायतले पहिलो पंक्तिमा उभिएर स्वागत गरेका हुन् । आईजीपीको प्रतिस्पर्धामा कार्की, अधिकारी, केसी र शाह रहेका थिए । मन्त्रिपरिषदले पहिलो वरीयताका कार्कीलाई सोमबारको आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
बिहीबार आईजीपी कार्कीलाई प्रतिस्पर्धामा रहेका एआईजीपीहरूले नै विगतका तिक्तताहरू भुलेर स्वागत गरेका हुन् । आईजीपी कार्की र तत्कालीन समयमा प्रतिस्पर्धामा रहेका तीन एआईजीपीहरू अधिकारी, केसी र शाहले बधाई साटासाट गरेका छन् ।
एक एआईजीपीले भने, ‘आईजीपीको प्रतिस्पर्धामा हामी चारजना थियौँ । दानबहादुर कार्की पहिलो वरीयतामा रहेका कारण सरकारले आईजीपी नियुक्त गरेको छ । आजका दिनदेखि सबै तिक्तताहरू भुलेर हामी मुलुकमा शान्ति सुरक्षा बनाउन र जनताको सेवामा लाग्नुपर्छ ।’
आईजीपी कार्कीसँग एआईजीपीहरूदेखि कार्यालय सहयोगीसम्मका प्रहरी कर्मचारीहरूले बधाई र शुभकामना साटासाट गरेका छन् ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया