विजय गच्छदारको प्रश्न– नियमित महाधिवेशनको विपक्षमा कोही पनि छैन, समयमा हुन सक्छ त ?
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले १५औँ महाधिवेशन गर्नका लागि कुनै पनि नेता बाधक नरहेको बताएका छन् ।
बुधबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै गच्छदारले सबै नेताहरू नियमित महाधिवेशनको पक्षमा रहेको बताएका हुन् । उनले भने, ‘नियमित महाधिवेशनको पक्षमा कोही पनि छैन जस्तो मलाई लाग्दैन । तर, के नियमित महाधिवेशन समयमा हुन्छ ? गर्न सकिन्छ भने गरौं ।’
महाधिवेशनका लागि आवश्यक पर्ने तयारी हुन नसकेको नेता गच्छदारले बताएका छन् । उनले विशेष महाधिवेशनका औचित्य नरहेको बताए ।
कांग्रेसले राष्ट्रिय राजनीतिमा निर्णय गरेर जानुपर्ने नेता गच्छदारले बताएका छन् । उनले कांग्रेसले नै मुलुकलाई नेतृत्व दिएर जानुपर्ने बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया