दक्षिण कोरियामा दुर्घटनामा परेर मनीषा दाहालको मृत्यु
काठमाडौं । दक्षिण कोरिया ट्रकको ठक्करबाट झापाकी २२ वर्षीया मनीषा दाहालको मृत्यु भएको छ ।
आइतबार राति सोलस्थित ओन्जु शहरमा सडकपार गर्ने क्रममा ट्रकले ठक्कर दिँदा मनीषाको मृत्यु भएको नेपाली राजदूतावासले जनाएको छ ।
मनीषा एक वर्षअघि दक्षिण कोरियाको फार इस्ट युनिभर्सिटीमा अध्ययन गर्न गएकी थिइन् । मनीषाको शवलाई कोरियाबाट नेपाल पठाउने प्रक्रिया अघि बढाइएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तानले ट्रक चालकले गल्ती स्वीकार गरेको र सम्बन्धित निकायसँग कानूनी तथा अन्य सहयोगका लागि छलफल भइरहेको जानकारी दिएकी छिन् ।
Published : Wednesday, 2025 November 12, 9:40 am
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया