पार्टीभित्र सामाजिक सञ्जालमार्फत एकअर्कामाथि लाञ्छना लगाउने, होच्याउने प्रवृत्ति आत्मघाती : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत एकअर्कामाथि लाञ्छना लगाउने तथा आफ्नै सहकर्मीलाई होच्याउने प्रवृत्ति देखिनु आत्मघाती भएको बताएका छन् ।

मंगलबार पार्टी कार्यालय, सानेपामा पत्रकारहरूसँग कुरा गर्दै डा.महतले सामाजिक सञ्जालमार्फत मानिसहरू परिचालन गरेर नेताहरूविरुद्ध चरित्रहत्या गर्ने कार्य भइरहेको बताए ।

उनले महाधिवेशन छिटोभन्दा छिटो गर्नुपर्ने कुरामा नेताहरूबीच एकमत रहेपनि सहमति जुट्न नसकेको बताएका छन् । ‘राष्ट्रिय निर्वाचनको संघारमा हाम्रो आन्तरिक निर्वाचन गर्नु कति उपयुक्त छ,’ उनले भने, ‘योसँगसँगै त्यसको लागि हाम्रो यथेष्ट तयारी समेत पुगेको अवस्था भए नभएको विषयमा छलफल केन्द्रित रहेको छ ।’

प्रवक्ता डा.महतले बैठकको अन्त्यसम्ममा महाधिवेशनबारे पार्टीको आधिकारिक निर्णय हुने बताएका छन् ।

Published : Tuesday, 2025 November 11, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया