सभापति देउवाले पार्टीलाई दिनु भएको नेतृत्व र योगदानको प्रशंसा गर्दछु : नेता गिरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणाको ज्यान लिने गरेर भएको सांघातिक आक्रमणको निन्दा एवम् भर्त्सना गरेका छन् ।

मंगलबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्ने क्रममा नेता गिरीले भदौ २४ गते सांघातिक आक्रमणबाट गम्भीर घाइते भएका सभापति देउवा दम्पत्तिको स्वास्थ्य लाभको कामना गरेका छन् ।

‘हामी हाम्रो मुलुक र पार्टी जीवनको अत्यन्तै महत्वपूर्ण क्षणमा उभिएका छौं । म देउवा दम्पत्तिको सुस्वास्थ्यको कामना गर्दै पार्टीलाई उहाँले दिनु भएको नेतृत्व र पु¥याउनु भएको योगदानको म प्रशंसा गर्दछु ।’

‘त्यस्तै यो जटिल परिस्थितिमा जिम्मेवारी सम्हाल्नु भएका कार्यवाहक सभापतिज्यूलाई शुभकामना दिन चाहन्छु,’ नेता गिरीले भने ।

Published : Tuesday, 2025 November 11, 3:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया