कांग्रेसले राष्ट्रिय राजनीतिमा छलफल गर्नुपर्ने, महाधिवेशन अगाडि की पछाडि भन्ने बहसले अल्झियौँ : सरिता प्रसाईं
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईंले पार्टीलाई राष्ट्रिय राजनीतिमा प्रवेश गराएर निर्णय हुनुपर्ने बताएकी छिन् ।
शुक्रबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा प्रसाईंले भनिन्, ‘हामी एक महिनादेखि केन्द्रीय कार्यसमितिको बैठकमा छौँ । नेपाली कांग्रेस जस्तो ऐतिहाँसिक पार्टीले राष्ट्रिय राजनीतिमा छलफल गर्नु पर्ने, आज महाधिवेशन अगाडि की पछाडि भन्ने बहसले एक महिना जान आँटिसक्यो ।’
उनले भनिन्, ‘नेपाली कांग्रेसले निर्णय के गर्छ भनेर राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतले हेरिरहेको छ । कांग्रेसले महधिवेशन समयमा गर्नुपर्छ । आदरणीय नेता डा.शेखर कोइरालाले समयमा अधिवेशन गरौँ भनेर भन्दै आउनुभएको छ ।’
‘महाधिवेशन गर्न केले रोक्यो ? किन हामीले समयमा अधिवेशन गर्न सकेनौँ ? हामीले समयमा अधिवेशन गर्न नसकेको कारण नेपाल महिला संघ, तरुण दल, नेविसंघ आज कहाँ छन् ? आन्दोलन भयो । नेविसंघ भएको भए आज आन्दोलन रोक्न सक्ने थियौँ । पार्टीले आफ्ना भ्रातृ संस्थाहरूको अधिवेशन समयमा गर्न किन डराउने ? अधिवेशन गर्दा जो आए पनि कांग्रेस आउँछ,’ नेतृ प्रसाईंले भनिन् ।
‘खै त सभापतिको घर जलाउँदा तरुण दल लगायतका भ्रातृ संस्था कहाँ गए ? शेरबहादुर देउवाको लागि को बोलिदियो त्यहाँ गएर ?’ केन्द्रीय सदस्य प्रसाईंले भनिन् ।
उनले भनिन्, ‘महाविधेशन चुनाव अगाडि नै गरेर जाऔँ । महाधिवेशन गर्दा वडा, गाउँ, पालिका, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रको गर्नुपर्छ ।’
उनले भनिन्, ‘संसद विघठन असंवैधानिक थियो । कांग्रेसले चुनावमा जाने निर्णय गर्नुपर्छ । चुनावमा जाँदैनौँ भन्न सकिदैन । कांग्रेस हार्न पनि तयार भएर मुलुक र संविधानलाई बचाउनुपर्छ ।’
‘कांग्रेसको अन्तर्राष्ट्रिय धारणा के हो ? यो आन्दोलन हुनुभन्दा प्रधानमन्त्री कहाँ जानुभयो ? को को कहाँ गएर के के सहमति गरे ? त्यसको छानविन गर्नुपर्छ,’ उनले भनिन् ।
केन्द्रीय सदस्य प्रसाईंले भनिन्, ‘भदौ २३ र २४ गतेको प्रदर्शनमा आदरणीय सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी एवम् केन्द्रीय सदस्य डा.आरजु राणामाथि सोँच्न पनि नसकिने गरी आक्रमण भएको छ । आक्रमणको म निन्दा एवम् भर्त्ना गर्न चाहन्छु ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया