ओलखढुङ्गा कांग्रेसद्वारा स्व.जीवनाथ खतिवडाप्रति श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । नेपाली कांग्रेस, ओखलढुङ्गाले स्व.जीवनाथ खतिवडाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
बिहीबार बिहान काठमाडौंको कालोपुल, सिफालस्थित १३ दिनको कार्यमा रहेका परिवारजनहरूसँग भेट गरेर ओखलढुङ्गा कांग्रेसले स्व.जीवनाथ खतिवडाप्रति श्रद्धाञ्जलि व्यक्त गरेको हो । श्रद्धाञ्जलिका लागि कांग्रेस केन्द्रीय सदस्य एवम् कोशी प्रदेशका पूर्वमन्त्री प्रदीप सुनुवार, ओखलढुङ्गा कांग्रेसका सभापति तेजेन्द्र खनाल, कांग्रेस नेता खिलानाथ दाहाल, नेपाल महिला संघी केन्द्रीय सदस्य संगीता तामाङ, नेता नवीन राई लगायतका नेता, कार्यकर्ताहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
स्व.जीवनाथ खतिवडा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद रामहरि खतिवडाका पिता हुन् । जीवनाथ खतिवडाका पाँच भाइ छोरा र पत्नी छन् । छोराहरू रामहरि खतिवडा, सुन्दर खतिवडा, भीम खतिवडा, हुतराज खतिवडा र प्रकाश खतिवडा हुन् ।
जीवनाथ खतिवडाको गत आइतबार काठमाडौंको डिल्लीबजारस्थित निवासमा निधन भएको थियो । उनको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको थियो ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया