कृषि विकास निर्देशनालयका हाकिमसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सडक निर्माणमा अनियमितता गरेको आरोपमा कृषि विकास निर्देशनालय, धनुषाका प्रमुख रत्नकुमार झासहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मंगलबार आयोगले ६ लाख ९० हजार ६ सय ५७ रुपियाँ बिगो कायम गरी विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्र कोइरालाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
निर्देशनालय प्रमुख झासहित निर्देशनालयकै कृषि अर्थ विज्ञ–योजना प्रमुख विकासकुमार साह, लेखा अधिकृत चक्रप्रसाद अधिकारी, महादेवा गाउँपालिका–२ का वडाध्यक्ष जगदीश मण्डल, कृषि सडक निर्माण उपभोक्ता समिति महादेवा–२ सप्तरीका अध्यक्ष हरिनारायण यादव, सचिव गंगाराम यादव र कोषाध्यक्ष सावित्रीदेवी यादव, कृषि विकास निर्देशनालय धनुषाका परामर्शदाता किरो इन्जिनियरिङ कन्सल्टेन्ट प्रालि र यसका प्रोपाइटर हरिषकुमार सिंहलाई प्रतिवादी बनाइएको छ ।
अख्तियारले निर्देशनालयका प्रमुख झा, योजना प्रमुख साह र लेखा अधिकृत अधिकारीविरुद्ध ६ लाख ९० हजार ६ सय ५७ रुपियाँ बिगो मागदाबी गरी बिगो बमोजिम जरिवाना र कैद सजाय माग गरेको छ ।
वडाध्यक्ष मण्डलविरुद्ध छुट्टै बिगो कायम गरिएको छ । उपभोक्ता समितिका तीन जना र परामर्शदातालाई पनि छुट्टाछुट्टै बिगो मागदाबी गरिएको अख्तियारले जनाएको छ ।
आर्थिक वर्ष २०७७÷७८ को उक्त योजनाअन्तर्गत सप्तरीको महादेवा गाउँपालिका–२ अन्तर्गत दोमुहान डगरदेखि पश्चिम खाँडो नदी हुँदै भीमबाँधसम्मको कृषि सडक निर्माणमा मिलेमतो गरी अनियमितता गरेको आरोपमा अख्तियारमा उजुरी परेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया