जेनजी आन्दोलनको समर्थन गर्ने हो भने मलाई सभापतिमा समर्थन गर्नुस्, चुनावपछि अधिवेशन : कुन्दनराज काफ्ले
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जेनजी आन्दोलनको समर्थन गर्ने हो भने पार्टी नेतृत्व सबै असफल भएको हुँदा आफूलाई सभापति बनाउन प्रस्ताव गरेका छन् ।
मंगलबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेता काफ्लेले भने, ‘जेनजी आन्दोलनको समर्थन गर्ने हो भने नेतृत्व सबै फेल भइसकेका छन् । मलाई सभापति बनाउनुस् भनेको छु ।’
उनले कांग्रेसलाई आफूहरूले लिड गरेर जाने बताए । ‘विषम परिस्थितिमा कांग्रेस आफूभित्र अलमलिनु हुँदैन,’ काफ्लेले भने, ‘देशको नेतृत्व गर्ने बेलामा सधैँभरि देशको नेतृत्व कांग्रेसले गर्न सक्न्थ्यो । यसपालि किन गर्न सकेन ?’
महाधिवेशनको दुई वटा प्रस्तावका बारेमा नेता काफ्लेले भने, ‘दुइटा प्रस्तावमा धारणा राखेको छु । निर्वाचन र महाधिवेशन दुइटै एकैचोटी गर्न सकिदैन । निर्वाचन गर्ने भए पहिला निर्वाचनको कार्यतालिका बनाएर अगाडि बढौँ । त्यसपछि महाधिवेशन गरौँ । होइन भने महाधिवेशन गरौँ । निर्वाचनमा यसपालि भाग नलिऔँ ।’
‘निर्वाचनमा भाग लिन नसक्ने अवस्था कांग्रेसको छैन । कांग्रेसले निर्वाचनमा भाग लिन सक्दैन त भन्न सक्दैन । त्यही भएर निर्वाचनपछि महाधिवेशन गरौँ,’ केन्द्रीय सदस्य काफ्लेले भने ।
महामन्त्री गगन थापाले १५औँ महाधिवेशनको कार्यतालिका निर्वाचन कार्यक्रमसँग जोधाएर प्रस्ताव गरेका छन् । महामन्त्री थापाको महाधिवेशनको प्रस्ताव निर्वाचन विरोधी र समय सापेक्ष नभएपछि सहमहामन्त्री महेन्द्र यादवले अर्को प्रस्ताव पेस गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया