होटल निर्वाणाको मूल गेट अगाडि गोली चल्यो, एकजना घाइते
बुटवल । भैरहवामा रहेको होटल निर्वाणा लक्जरी इन्टरनेसनलको मूल गेट अगाडि गोली चल्दा सुरक्षा गार्ड घाइते भएका छन् ।
सोमबार मध्यराति होटलको मुख्य गेट अगाडि ३ जना अपरिचति व्यक्तिहरूबीच भएको विवादका क्रममा गोली चलेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिएका छन् । ३ जनाको समूह होटलको गेटमा देखिएको उनले बताए ।
तीन जनाको समूहबीच झडप हुँदा चलेको गोली लागेर सुरक्षा गार्ड मीनबहादुर परियार घाइते भएको डीएसपी कार्कीले बताए । सुरक्षागार्डको रुपमा कार्यरत बुटवल उप–महानगरपालिका वडा नं. १५ का २७ वर्षीय परियारको तिघ्रामा गोली लागेको र उपचारपछि डिस्चार्ज भएका छन् ।
रुपन्देही प्रहरीका प्रवक्ता समेत रहेका डीएसपी कार्कीले होटलको गेट अगाडि गोली चलेको घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया