वन कार्यालयका अधिकृत श्रेष्ठद्वारा झण्डै डेढ करोड भ्रष्टाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत दानबहादुर श्रेष्ठविरुद्ध झण्डै डेढ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सोमबार आयोगले विशेष अदालत, काठमाडौंमा डिभिजन वन अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठले डिभिजन वन कार्यालय, इलाममा डिभिजन वन अधिकृतका रूपमा कार्यरत रहँदा पदीय अख्तियारीको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा रहेको छ ।
अधिकृत श्रेष्ठले एक करोड ४३ लाख १८ हजार ९३७ रुपियाँ ५० पैसा भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ ।
श्रेष्ठविरुद्ध प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, बिगो दरिवाना र गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफतको माग आयोगले गरेको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया