स्व.खतिवडाको आर्यघाटमा अन्त्यष्टि, कांग्रेस कार्यबाहक सभापति खड्काद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले ७८ वर्षीय स्व.जीवनाथ खतिवडालाई अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

सोमबार बिहान पशुपति आर्यघाटमा कार्यबाहक सभापति खड्काले स्व.जीवनाथ खतिवडालाई श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । कांग्रेसका उपसभापति धनराज गुरुङ, प्रवक्ता डा.प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, बालकृष्ण खाण, दीपक गिरी, हृदयराम थानी, आङ्गेलु शेर्पा, कुन्दनराज काफ्ले, लक्ष्मी खतिवडा लगायतका नेता कार्यकर्ताहरूले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

कार्यबाहक सभापति खड्काले अन्तिम श्रद्धाञ्जलि दिने क्रममा स्व.जीवनाथ खतिवडाकोे पार्थिक शरीरमा नेपाली कांग्रेसको चार तारे झण्डा ओढाएका छन् । श्रद्धाञ्जलि दिएपछि स्व.जीवनाथ खतिवडाको पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको आफन्तले जनाएका छन् ।

स्व.जीवनाथ खतिवडा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद रामहरि खतिवडाका पिता हुन् । जीवनाथ खतिवडाको आइतबार राति ७ बजेर ४० मिनटमा काठमाडौंको डिल्लीबजारस्थित निवासमा निधन भएको थियो ।

ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ स्थायी घर भएका जीवनाथ खतिवडाले स्वाश–प्रश्वास, मधुमेह लगायतका विभिन्न रोगको उपचार गराउँदै आएका थिए ।

स्व.जीवननाथ खतिवडाका पत्नी, छोराहरू रामहरि खतिवडा, हुतराज खतिवडा, सुन्दर खतिवडा, भीम खतिवडा, र प्रकाश खतिवडा रहेका छन् ।

Published : Monday, 2025 November 3, 11:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया