मुख्यमन्त्री बानियाँद्वारा प्रधानमन्त्री कार्कीलाई चेतावनी- प्रदेश सरकार केन्द्रको निकाय होइन
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारहरू संघीय सरकार मातहतका निकायको रुपमा नहेर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन् ।
आइतबार बालुवाटारमा प्रधानमन्त्री कार्कीसंगको भेटमा मुख्यमन्त्री बानियाँले संविधानले नै व्यवस्था गरेको छुट्टै सरकार भएकाले सोहीअनुसार व्यवहार गर्न आग्रह हुन् । उनले प्रदेशको संवैधानिक अस्तित्व, सहकार्य र समन्वयको भावनालाई संघीय सरकारले आत्मसात् गर्नुपर्ने बताए ।
मुख्यमन्त्री बानियाँले प्रदेश सरकारहरू संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण अंग रहेको बताए । उनले असोज ५ मा संघीय सरकारले प्रदेश सरकारलाई जानकारी नदिई प्रमुख सचिवलाई सोझै परिपत्र गरेको विषयमा टिप्पणी गर्दै संविधान अनुसार प्रदेश सरकारको अस्तित्वलाई स्वीकार गरेर अघि बढ्न प्रधानमन्त्री कार्कीलाई चेतावनी दिएका छन् ।
‘प्रदेश भनेको केन्द्रको इकाई होइन । केन्द्र मातहतको होइन । संविधानले दिएको तीन तहको सरकारअनुसारको व्यवहार हुनुप¥यो भन्ने माग राखिएको छ,’ पत्रकारहरूसँग मुख्यमन्त्री बानियाँले भने, ‘परिपत्र संविधान, कानून र ऐनअनुसारै होला । तर, प्रदेशमा सरकार छ । सरकारलाई नलेखी सोझै सचिवलाई लेख्दा हामीलाई निकाय जस्तो व्यवहार गरियो ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया