सुशीला सरकारले ओलीलाई उपत्यका छाड्न नदिएपछि एमालेले काठमाडौंमै महाधिवेशन गर्ने
काठमाडौं । अन्तरिम सरकारले एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीलाई काठमाडौं उपत्यका छाड्न प्रतिबन्ध लगाएपछि एमालेले महाधिवेशनको स्थान परिवर्तन गरेको छ ।
शनिबार भक्तपुरमा बसेको एमालेको सचिवालय बैठकले ११औं महाधिवेशनलाई काठमाडौंमा गर्ने निर्णय गरेको छ । पोखरामा गर्ने भनिएको महाधिवेशनलाई ओली उपत्यका छाडेर बाहिर जान नमिल्ने भएपछि काठमाडौंमा सारिएको छ ।
एमालेले मंसिर १३ गते देशभरि एकसथा प्रतिनिधि चयन गर्नेछ । एकैदिन प्रतिनिधि चयन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
एकै दिन चयन भएका प्रतिनिधिको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्नेछ ।
एमालेले महाधिवेशनका लागि ६ लाख ६७ हजार ६ सय ३० पार्टी सदस्य मध्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गर्नेछ । प्रतिनिधि चयन गर्दा प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मान्ने समेत ज्ञवालीले बताए ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले ओलीलाई काठमाडौं उपत्यका छाड्न नदिने पक्षमा छ । ओलीलाई सरकारले कडा निगरानीमा राखेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया