आईजीपी खापुङ्गद्वारा प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवनको उद्घाटन
नगरकोट । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ्गले प्रहरी प्रभाग, नगरकोट, भक्तपुरको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
मंगलबार आयोजित विशेष समारोहमा आईजीपी खापुङ्गले नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका छन् । खापुङ्गले भवन निर्माण कार्यमा सहयोग पु¥याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गरेका छन् ।
आईजीपी खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरीप्रतिको जीवन्त अपेक्षा र विश्वासको प्रतीक भएको बताएका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गरेका छन् । एआईजी कार्कीले आईजीपी खापुङ्गलाई स्वागत समेत गरेका थिए ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गरेका छन् । प्राविधिक प्रहरी नायव उपरीक्षक केविनजंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपाल सरकारको नियमित बजेटबाट कुल ४ करोड ४६ लाख १८ हजार १ सय ९७ रूपियाँ २२ पैसाको लागतमा नयाँ भवन निर्माण कार्य सम्पन्न भएको हो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया