विप्लवको तर्फबाट खड्गबहादुरले दिए आयोगमा निवेदन
काठमाडौं । विगतमा हिंसा र लुटपाट लगायतका गैरकानूनी कार्य गर्दै आएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले दल दर्ताका लागि निर्वाचनमा आयोगमा निवदेन दिएको छ ।
मंगलबार कम्युनिस्ट पार्टी नेपाल नाम राखेर विप्लव नेतृत्वको पार्टीको तर्फबाट प्रवक्ता खड्कबहादुर विश्वकर्माले दल दर्ताका लागि आयोगमा निवदेन दर्ता गरेका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताका लागि निवदेन दिइएको प्रवक्ता विश्वकर्माले जानकारी दिए । जनताको आफ्नो अधिकार र मुद्दाको कुरालाई जनताले आफैँ फैसला गर्ने लोकतान्त्रिक विधि निर्वाचन भएकाले आगामी निर्वाचनमा सहभागी हुन लागेको उनले बताए ।
विश्वकर्माले जेनजी आन्दोलनपछि बनेको सरकारमाथि ठूलो चुनौति र प्रश्न रहेको भन्दै सरकारले तोकेको निर्वाचनलाई सम्पन्न गर्न जटिलता देखिएको बताएका छन् । यस्तो अवस्थामा राष्ट्रिय राजनीतिमा नयाँ ढंगको समझदारी आवश्यक रहेको उनले बताए ।
प्रवक्ता विश्वकर्माले पार्टीले दल दर्ताको प्रक्रिया अघि बढेसँगै निर्वाचनलाई सफल बनाउन आयोगलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट निर्वाचित भएर मुलुकको सुशासन गर्ने पद्धति लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । कानूनभित्र रहेका जनताको विश्वास जित्न आएका दललाई आयोगले सदैव स्वागत गर्ने उनले बताए । उनले सामान्य भन्दा सामान्य त्रुटिले पनि निर्वाचन विथोलिन सक्ने भएकाले आयोग यसप्रति सहज रहेको बताएका छन् ।
विप्लव नेतृत्वको पार्टीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नामबाट राजनीतिक गतिविधि गर्दै आएपनि निर्वाचनका लागि कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेको छ । प्राप्त निवदेनमाथि अध्ययन गरेर आवश्यक निर्णय हुने आयोगले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया