पूर्वप्रधानमन्त्री नेपालको सबै सुरक्षाकर्मी सरकारले खोसिदियो

काठमाडौं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता बोलाइएको छ ।

सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपाललाई दिएको सबै सुरक्षाकर्मी फिर्ता बोलाएको गृह मन्त्रालय निकट उच्च स्रोतले जनाएको छ । पूर्वप्रधानमन्त्री नेपालले आफूलाई सुरक्षा थ्रेटको महसुस गरेर सुरक्षाकर्मी चाहियो भनेर गृह मन्त्रालयमा निवेदन दिए सुरक्षाकर्मी पठाउन सकिने गृह मन्त्रालय स्रोतले बताएको छ ।

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जलि जग्गा हिनामिना प्रकरणमा प्रतिवादी बनाएर दायर गरिएको भ्रष्टाचार मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपियाँ बिगो कायम गरिएको छ । भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

Published : Tuesday, 2025 October 28, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया