साेमबार तरुण दल ७३औं स्थापना दिवस, कांग्रेस मुख्यालयमा भव्य तयारी
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले ७३औं स्थापना दिवसकाे अवसरमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन् ।
साेमबार भोलि मिति २०८२ साल कार्तिक १० गते तरुण दलकाे ७३औं स्थापन दिवस परेको छ । सोही अवसरमा तरुण दल केन्द्रीय कार्यसमितिले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा विशेष कार्यक्रम राखेको अध्यक्ष गुरुङले बताएका छन् ।
शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रमको पूर्व तयारी गर्नको लागि आइतबार अध्यक्ष गुरुङसहितका तरुण नेताहरूले पार्टी कार्यालय, सानेपामा तयारी गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयमा कार्यक्रमस्थल, चियास्टल, फोटो सेशनस्टल लगायतको तयारी पूरा भएको केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलले जानकारी दिएका छन् ।
पार्टी कार्यालयलाई नेपालको राष्ट्रिय झण्डा, पार्टीको झन्डा र तरुण दलको झन्डाले सिङ्गारिएको छ । करीव तीन हजार नेता, कार्यकर्ताको उपस्थिति रहनेछ । कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरूको सहभागिता रहनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया