पाेखरा विमानस्थलकाे १५ अर्ब भ्रष्टाचारमा डामिएका प्रदीपलाई कारबाही माग गर्दै कर्मचारीहरूबाटै माइतीघरमा ब्यानर टाँसियाे, सुशीला सरकारसँग ठूलाे अपेक्षा

काठमाडौं । झण्डै १५ अर्ब भ्रष्टाचारमा मुछिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कारबाहीको माग गर्दै तस्बिर सहितकाे ब्यानर टाँसिएको छ ।

आइतबार प्राधिकरणका इमानदार कर्मचारीहरूले भ्रष्टाचारबाट चुर्लुम् डुब्न लागेकाे प्राधिकरणलाई अधिकारबाट बचाउन माग गर्दै ब्यानर टाँगेका हुन् । अधिकारीलाई पाेखरा विमानस्थल निर्माणसहितका विमानस्थल बनाउने क्रममा भ्रष्टाचार गरेकाे भन्दै कारबाही गर्न ब्यानरमा लेखिएको छ ।

महानिर्देशक अधिकारीलाई सार्वजनिक लेखा समितिले दाेषी ठहर गर्दै निलम्बन गरेर कारबाहीको सिफारिस गरिसकेको छ । एमाले सर्थक महानिर्देशक अधिकारी राजनीतिक शक्तिको आड र पैसाको बलमा बच्दै आएकाे भन्दै कर्मचारीहरूले प्रधानमन्त्री सुशीला कार्की सरकारसँग कारबाहीको माग गरेका छन् ।

भ्रष्टाचार लगायतका काण्डहरूमा मुछिएका महानिर्देशक अधिकारी पछिल्लो समय निकै तनाबमा छन् । सुशीला सरकार भ्रष्टाचारविरुद्ध आक्रामक रुपमा आएपछि प्रदीपलाई तनाब बढेकाे छ ।

पाेखरा विमानस्थल निर्माणका क्रममा महानिर्देशक अधिकारीले झण्डै १५ अर्ब घाेटाला र भ्रष्टाचार गरेकाे ठहर लेखा समितिले गरिसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले पनि प्राधिकरणबाट महत्त्वपूर्ण कागजपत्रहरू कब्जा गरेेर अनुसन्धान गर्दै आएकाे छ । महानिर्देशक अधिकारीले १५ अर्ब भ्रष्टाचारबाट बच्न एकजना पूर्व प्रधान न्यायाधीशलाई प्रयाेग गर्दै आएका छन् । पूर्व प्रधान न्यायाधीशका छाेरालाई महानिर्देशक अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको कामकाे ठेक्का सेटिङमा दिएकाे आराेप प्राधिकरणका कर्मचारीहरूले लगाउँदै आएका छन् ।

लेखा समितिले महानिर्देशक अधिकारीसँगै पोखरा विमानस्थलको १५ अर्ब भ्रष्टाचार काण्डमा प्राधिकरणका निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, प्रबन्धक विनेश मुनाकर्मी, पूर्वमहानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेललाई निलम्बनसहित कारबाही सिफारिस गरिसकेको छ ।

केही दिन अगाडि महानिर्देशक अधिकारीलाई ललितपुरको सातदोबाटोमा जेनजी बताउने समूहले कुटपिट समेत गरेकाे थियाे । महानिर्देशक अधिकारीलाई कारबाही नहुँदा आजित बनेका जेनजी समूहले भौतिक आक्रमणमा उत्रिएको थियाे । भ्रष्टाचार लगायतका काण्डैैकाण्डबाट वचन अधिकारीले भारतबाट तान्त्रिकलाई बाेलाएर प्राधिकरण केन्द्रीय कार्यालय, सिनामंगलमा रहेको कार्यकक्षमा पटक पटक पूजा गरिसकेका छन् ।

Published : Sunday, 2025 October 26, 8:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया