संसद भवन जलाउन प्रदर्शनकारी उत्तेजित बनाउने अभिनेता गिरीद्वारा कांग्रेस नेता निधिकाे घर जलाउन शंकास्पद भूमिका

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिकाे काठमाडौंमा रहेको घर जलाउने शंकास्पद भूमिकामा अभिनेता दीपकराज गिरी देखिएका छन् ।

भदौ २४ गते नेता निधिकाे घर जलेपछि अभिनेता निधि हेर्न पुगेको तस्बिर सार्वजनिक भएको छ । गिरीले मुखमा मास्क लगाएका छन् । कसैले नचिनुन् भनेर गिरीले मुखमा मास्क लगाएका हुन् ।

अभिनेता गिरीले संसद भवन जलाउन प्रदर्शनकनरीलाई उकासेकने आराेप छ । संसद भवन मात्रै होइन, अभिनेता गिरी निधिको घर जल्यो कि जलेन ? भनेर निर्क्यौल गर्न पनि जानु रहस्यमय छ ।

नेता निधिको मध्यबानेश्वरस्थित घर जल्यो कि जलेन ? भनेर हेर्न पुगेका नेपाली सिनेमा क्षेत्रका आफूलाई `महानायक´ दाबी गर्ने गिरीको भूमिका शंकास्पद छ ।

भदौ २४ गते अपरान्ह १२:०५ मा मध्य बानेश्वरस्थित निधिको निवासमा आगजनी भएको घर अघि अभिनेता गिरी पुगेकाे सीसीटीभीकाे भिडियोमा देखिएको छ । कसैले अभिनेता गिरीको तस्बिर खिच्न लाग्दा नखिच भनेर भागेेकाे प्रत्यक्षदर्शीले बताएका छन् ।

Published : Saturday, 2025 October 25, 3:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया